Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अब कक्षा ११ र १२ मा पनि गणित विषय अनिवार्य


2.8K
Shares

अब कक्षा ११ र १२ मा पनि गणित विषय अनिवार्य

काठमाण्डौ १७, माघ । कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने छन् । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा हिजो बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको हो ।

परिषद्को निर्णय अनुसार विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

गणित वा सामाजिक शिक्षा तथा जीवनोपयोगी शिक्षा अनिवार्य हुने निर्णय भएको हो । यसअघि गणितलाई ऐच्छिक विषयमा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology