Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

सेवा सुविधा नपाएको अल्पसंख्यक र लोपोन्मुख समुदायको गुनासो


6.1K
Shares

सेवा सुविधा नपाएको अल्पसंख्यक र लोपोन्मुख समुदायको गुनासो

काठमाण्डौ १७, माघ । नेपालका अल्पसंख्यक र लोपोन्मुख समुदायले स्थानीय सरकारबाट अपेक्षा गरेअनुसार सेवा सुविधा नपाएको गुनासो गरेका छन् । स्थानीय सरकारले जीवनस्तर उकास्ने खालका योजना बनाए आफुहरु लाभान्वित हुन सक्ने उनीहरुको भनाइ छ । गाउँमा नै सरकार आएको तर आफूहरुले भने अवसर नपाएको झापाको बुद्धशान्ति गाँउपालिका वडा नं. ४ का गीता किसानको गुनासो छ ।

झापासहित प्रदेश नम्बर १ मा किसान समुदायको जनसङ्ख्या लगभग १५ सयको हाराहारीमा छ । झापाकै कन्काई नगपालिका वडा न ९ का राजवंशी समुदायका युवाहरु नयाँ सीप सिकेर स्वरोजगार बन्न चाहन्छन् । तर स्थानीय सरकारबाट सहयोग नपाएको अभय राजबंशीको भनाइ छ ।

केही स्थानीय तहले अल्पसंख्यक र लोपउन्मुख जातिका लागि बिशेष कार्यक्रमहरु ल्याएका छन् । सरकारबाट पाउनुपर्ने सुबिधा बराबरी हुनुपर्ने समाजशास्त्री डा. ओम गुरुङको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology