Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आज २६९ जनाले लगाए कोरोना बिरुद्धको खोप


2.9K
Shares

गोरखामा आज २६९ जनाले लगाए कोरोना बिरुद्धको खोप

गोरखा १६,माघ ।  गोरखा जिल्लामा आज थप २६९ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । पहिलो चरणको खोप अभियानको तेस्रो दिन २६९ जनाले कोराना बिरुद्धको खोप लगाएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

आज खोप लगाएमध्ये ११५ जना स्वास्थ्यकर्मी, ११५ जना महिला स्वास्थ्य स्वयमसेविका, ३७ जना कार्यालय सहयोगी र २ जनाले एम्बुलेसन्स चालक रहेका छन् । खोप लगाएकाहरुमा धार्चे गाउँपालिकाका ४९ जना, सिरानचोक गाउँपालिकाका ७ जना, चुमनुब्री गाउँपालिकाका २ जना, बारपाक सुलिकोट गाउँपालिकाका ४६ जना, अजिरकोट गाउँपालिकाका ४१ जना, पालुङटार नगरपालिकाका ४७ जना, आरुघाट गाउँपालिका ४६ जना, गोरखा नगरपालिका २८, शहिदलखन गाउँपालिका १ र भिमसेन थापा गाउँपालिका २ जना रहेका छन् ।

यसअघि हिजो १५९ जनाले खोप लगाएका थिए । यो संगै गोरखा जिल्लामा कोरोना बिरुद्धको खोप लगाउनेको संख्या ५४४ पुगेको छ । खोप लगाएकाहरुमा अहिलेसम्म कसैलाई कुनै प्रकारको जटिल समस्या नदेखिएको सूचना अधिकारी ढकालले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology