Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

धनुषमा एक डिस्टिलरी सञ्चालकको शव भेटियो, हत्याको आशंका


1.7K
Shares

धनुषमा एक डिस्टिलरी सञ्चालकको शव भेटियो, हत्याको आशंका

धनुषा १६, माघ । धनुषाको महेन्द्रनगरमा एक मदिरा उद्योगीको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ७ सखुवा महेन्द्रनगरमा सञ्चालित क्षिरेश्वरनाथ डिस्टिलरी इन्डस्ट्रिजका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको हिजो साँझ हत्या भएको अवस्थामा शव फेला परेको हो ।

उहाँको शव उद्योगको क्वाटरमा रक्ताम्य अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँको हत्या भएको प्रहरीको आशंका भएपनि पुष्टि भइसकेको छैन ।

प्रहरीले चार जनालाई शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेकाहरूकै घटनामा संलग्नता रहेको भनेर पुष्टि हुन सकेका छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology