गोरखा १५, माघ । गोरखा जिल्लामा आज थप १५९ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । जिल्लामा हिजोदेखि सुरु भएको खोप अभियान अन्र्तगत दोस्रो दिन १२५ जना महिला र ३४ जना पुरुषले कोराना बिरुद्धको खोप लगाएका गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।
जसमध्ये ८७ जना स्वास्थ्यकर्मी, ६२ जना महिला स्वास्थ्य स्वयमसेविका र अन्य १० जना रहेका छन् । उनिहरुमध्ये गोरखा नगरपालिका भित्रका ४७ जना, शहिद लखन गाउँपालिकाका ३५ जना भीमसेन थापा गाउँपालिका भित्रका ४३ जना, धार्चे गाउँपालिकाका १९ जना, आरुघाट गाउँपालिकाका ६ जना रहेका छन् । त्यस्तै जिल्लाको सिरानचोक गाउँपालिकाका ७ जना र बारपाक सुलिकोट गाउँपालिका तथा चुमनुव्री गाउँपालिकाका १ १ जनाले पनि आज कोरोना खोप लगाएका छन् ।
यसअघि हिजो जिल्ला भित्रका ११६ जनाले कोरोना बिरुद्धको खोप लगाएका थिए । यो संगै गोरखा जिल्लामा कोरोना बिरुद्धको खोप लगाउनेको संख्या २७५ पुगेको छ । खोप लगाएकाहरुमा अहिलेसम्म कसैलाई कुनै प्रकारको जटिल समस्या नदेखिएको सूचना अधिकारी ढकालले बताउनुभयो ।