Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

तेल बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त, चालकको मृत्यु


4.4K
Shares

तेल बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त, चालकको मृत्यु

रोल्पा, १५ माघ । रोल्पा नगरपालिका– १ भदौरे मन्दिरको घुम्तीनजिक तेल बोक्ने ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ट्याङ्करका चालक ४५ वर्षीय हरभजन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटना घाइते भएका ट्याङ्करका सहचालक रुपैडियाका १९ वर्षीय सुनिल शंकर अबस्था भने सामान्य रहेको प्रहरीको भनाई छ ।

नेपालगञ्ज डिपोबाट तेल बोकेर आएको ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडकदेखि करिब ५० मिटर तल खसेको रोल्पा प्रहरीका प्रवक्ता सन्तोष केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology