Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जिल्लामा १ सय १६ जनाले लगाए कोरोना बिरुद्धको खोप


2.7K
Shares

गोरखा जिल्लामा १ सय १६ जनाले लगाए कोरोना बिरुद्धको खोप

गोरखा १४, माघ । गोरखा जिल्लामा आजदेखि कोरोना बिरुद्धको खोप अभियान सुरु भएको छ । गोरखाका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शान्ति भूर्तेलले खोप लगाएर जिल्लामा खोप अभियानको थालन गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । जिल्लामा कोरोना बिरुद्धको खोप अभियान सुरु भएको पहिलो दिन आज ११५ जनाले खोप लगाएको उहाँले बताउनुभयो ।

खोप लगाउनेहरुमा ५८ जना स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविका ५१ जना, कार्यालय सहयोगी ५ जना र २ जना एम्बुलेन्स चालक रहेको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । आज गोरखा खोप लगाउनेहरुमा गोरखा नगरपालिका भित्रका ३७ जना, भीमसेन थापा गाउँपालिकाका ३६ जना र शहिद लखन गाउँपालिका भित्रका ४३ जना रहेको उहाँको भनाई छ । सूचना अधिकारी ढकालले खोप लगाएका कसैलाई पनि कुनै किसिमको समस्या नदेखिएको बताउनुभयो ।

सरकारले पहिलो चरणमा प्राथामिकतामा परेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्यमंसेबिका, एम्बुलेन्स चालक, शबबाहन चालक, शब व्यवस्थापन खटिएका सुरक्षकर्मी, सरसफाई सहयोगीहरुलाई निर्णय गरेसंगै जिल्ला आज गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका र भीमसेन थापा गाउँपालिका भित्रका प्राथामिकतामा परे व्यक्तिहरुलाई खोप लगाउन थालिएको अस्पतालले जनाएको छ ।

गोरखा जिल्लामा खोप कार्यक्रम सञ्चालनका लागि गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले हिजो २ हजार १० डोज अर्थात २०१ भाइल कोरोना भाइरसविरुद्धको भ्याक्सिन पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology