गोरखा १४, माघ । गोरखामा बिजुलीको पोलमा वाइफाईको तार तान्नेत्र क्रममा एक युवकको मृत्यु भएको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाको थलिडाँडामा बिद्युतको पोलबाट तार तान्ने क्रममा २६ बर्षका उत्तम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान करिब ९ बजेको समयमा करेन्ट लागेर खिम्पुटोल घर भएका गुरुङको मृत्यु भएको प्रहरीले भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।