बझाङ, १४ माघ । बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ मा खुँडा प्रहार गरि एक युवकको हत्या भएको छ। स्थानीयबासी अमृत सिंहको खुँडा प्रहार गरि हत्या भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर फर्किदै गरेका बेला सिंह माथि खुँडा प्रहार भएको बझाङका प्रहरी नायव उपरीक्षक डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।
छबिस पाथिभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको शिक्षक अभिभावक संघको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद भएको थियो । घटनामा संलग्न आंशकामा स्थानीय ज्ञानबहादुर कडायतलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका कडायतसंगै घटनामा प्रयोग भएको खुँडा प्रहरीले बरामद गरेको उहाँले बताउनुभयो ।