अर्घाखाँची १३, माघ । अर्घाखाँचीको शितगङ्गा नगरपालिका २, झिर्रामामा आफ्नै छोरीको हत्या गरिएको छ । स्थानीयबासी २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीय छोरी सृष्टि घिमिरेको डोरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरमा बाबुछोरी मात्र भएको अवस्थामा प्लास्टिकको डोरीले घाँटी थिचिएको हत्या गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय अर्धाखाचीका सूचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिनुभयो ।
हत्या अभियोगमा घिमिरेलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ । केही समयदेखि श्रीमानसँगको विवादले उनकी श्रीमती माइतमा बस्दै आउनु भएको थियो ।