धनुषा १३, माघ ।धनुषाको सीमावर्ती क्षेत्र जटहीबाट सशस्त्र प्रहरीले एक जना बालिकलाई भारततर्फ बेच्न लगिरहेको अवस्थामा उद्दार गरेको छ । बालिकालाई भारततर्फ लगिरहेका २ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल बिओपी नगराईन जटहीका सशस्त्र प्रहरी निरीक्षक पाल थापाका अनुसार चेक पोस्टमा चेकजाँच गर्ने क्रममा शंका लागेपछि सशस्त्र प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा १२ बस्ने मनोज महतोले सय विगाहा बस्ने अन्दाजी ७ वर्षका काजल दासलाई ललाईफकाई भारततर्फ लगिरहेको अवस्थामा फेला पारेको हो ।
बालिकालाई सकुशल उद्दार गरिएको छ भने महतोलाई नियन्त्रणमा लिएर सीमा प्रहरी चौकी जटही लग्मालाई जिम्मा लगाइएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताउनुभयो । त्यस्तै बालिका काजललाई भारतबाट नेपाल लिन आएका मधुवनी जिल्लाको दुगौली बस्ने २५ वर्षीय चन्दन रामलाई समेत नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ ।
अधिकांश बालबालिकालाई प्रलोभनमा पारेर भारत पु¥याउने काम गर्दै आएको रामलाई नियन्त्रणमा लिइएको हो ।