धादिङ, १३ माघ । पृथ्वीराजमार्ग अन्र्तगत जवाङ् खोला नजिकै गएराती गुडी रहेको ट्रकमा आगलागी भएको छ । धादिङको बेनिघाट रोराङ वडा नम्बर १० मा पर्ने जवाङ् खोलामा ट्रकमा एक्कासी आगलागी भएको हो ।
काठमाडौबाट दाङ तर्फ जाँदै गरेको ना ६ ख ५७३ नम्बरको ट्रकमा गएराती ११ बजे जवाङ् खोलामा विद्युत सट भई आगलागी भएको हो । बिद्युत सर्ट भइ आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।फाइल फोटो
ट्रक पूर्णरुपमा क्षती भएपनि आगलागीबाट मानविय क्षती भने भएको छैन ।