Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सोमबार एकैदिन थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु


2K
Shares

सोमबार एकैदिन थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाण्डौं १२, माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ३ हजार २४० रहेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय १ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६४ हजार ५३८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology