गोरखा १२ माघ । गोरखा सदरमुकाम क्षेत्रबाट एक बद्धाका सुन ठगी गरेर एक जना फरार भएका छन् । गोरखा नगरपालिका६, हरमटारीकी ६३ बर्षिया भद्रकुमारी बि.कको सुन ठगी गरि अज्ञात व्यक्ति फरार भएका हुन् ।
बि.कको घरमा पुगेका ति अज्ञात व्यक्तिले भएको भन्दा ठूलो सुन दिन्छु भन्दै आइतबार दिउँसो सुन लिएर फरार भएको प्रहरीको भनाई छ । फरार व्यक्तिको पहिचान हुन नसकेको जनाइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पछिल्लो समय गोरखा सदरमुकाम क्षेत्रमा चोरीको घटना बढ्दै गएको छ ।