Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकीमा थप ३६ जनामा कोरोना संक्रमण


1.2K
Shares

गण्डकीमा थप ३६ जनामा कोरोना संक्रमण

पोखरा ११, माघ । गण्डकी प्रदेशमा आइतबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशका कास्की, बाग्लुङ, म्याग्दी र पर्वत जिल्लाहरुमा थप संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकामा २३ जना, बाग्लुङको बाग्लुङ नगरपालिकामा ६ जना, काठेखोला गाँउपालिका वडा नं ७ का २ जना महिला, म्याग्दीको बेनी नगरपालिकामा ३ जनामा संक्रमण पुष्टी भएको छ । त्यस्तै रघुगंगा गाँउपालिका २ मा १ जना पुरुष, पर्वतको पैंयु गाँउपालिकामा २ का १ जना पुरुष र बिहादी गाँउपालिका ४ मा १ जना पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

२२ जना संक्रमितहरु लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान हुनु भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनु भएको छ । त्यसैगरी १४ जना संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान हुनु भएको जनाइएको छ । उहाँहरुको परिक्षण क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको थियो । सबै संक्रमितहरुलाई आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology