Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जबरजस्ती बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ


2.1K
Shares

जबरजस्ती बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाण्डौं  ११, माघ । जबरजस्ती करणी गरेको आरोपमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले ५१ वर्षका वडाध्यक्ष भरतबहादुर बोहरालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले उनलाई हिजो मन्थलीको चनखुबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज ढुङ्गानाले बताउनुभयो ।

वडाध्यक्ष बोहराविरूद्ध चिनजानका ३३ वर्षका महिलाले गत सोमबार महानगरीय प्रहरी वृत्त, ठिमीमा जाहेरी दिएकी थिइन् । जाहेरीको आधारमा जिल्ला अदालत भक्तपुरबाट वडाध्यक्ष बोहराविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो । ठिमी प्रहरीले फरार रहेका वडाध्यक्ष बोहरालाई पक्राउ गरिदिन रामेछाप प्रहरी कार्यालयलाई पत्र पठाएको डिएसपी ढुङ्गानाले बताउनुभयो ।

सोही पत्र अनुसार उनलाई पक्राउ गरी रामेछापबाट भक्तपुर ल्याइएको छ । वृत्तका डिएसपी ऋषिराम कँडेलका अनुसार बोहराले माघ दुई गते राति ती महिलामाथि जबरजस्ती करणी गरेका थिए । ती महिला मध्यपुर ठिमी नगरपालिका–३ स्थित एक घरमा डेरा गरी बस्दै आएकी थिइन् । वडाध्यक्ष बोहरामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology