Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

निकुञ्ज क्षेत्रमा पिसाव फेर्न गएका पुरुषलाई बाघले लगेको आंशका, खोजी गर्न ४ हात्ती प्रयोग


3K
Shares

निकुञ्ज क्षेत्रमा पिसाव फेर्न गएका पुरुषलाई बाघले लगेको आंशका, खोजी गर्न ४ हात्ती प्रयोग

बारा, १० माघ । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया अमलेखगञ्ज सडक खण्डमा जंगलमा पिसाव फेर्न गएका युवकलाई बाघले लगेको आंशका खोजी कार्य सुरु भएको छ । निकुञ्जले शनिबार (आज) बिहान बाघले एक पुरुषलाई आक्रमण गरि जङ्गल तर्फ लगेको आशंकामा खोजी सुरु भएको जनाएको हो ।

अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण तर्फको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आशंकामा अहिले निकुञ्जले ४ वटा हात्तीको प्रयोग गरि खोजी शुरु गरेको निकुञ्जका प्रवक्ता रमेश यादबले जानकारी दिनुभयो ।

सडकमा हिडिरहेका पुरुष पिसाब फेर्न भन्दै नजिकैको जंगल पसेका थिए। जंगल पसेको केही बेरमै ठुलो आवाजमा ति पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीको टोलीले ती पुरुषलाई फेला पार्न नसकेपछि बाघले लगेको आशंका गरिएको हो ।

‘जंगलभित्रबाट ठुलो आवाज आएपछि महिला भाग्दै प्रहरीलाई आएर जानकारी गराएको अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले भन्नुभयो । निकुञ्जको हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ। पुरुषको पहिचान हुन सकेको छैन । फाइल फोटो

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology