Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विप्लवका कार्यकर्ताले बलेरो जलाए


3.5K
Shares

विप्लवका कार्यकर्ताले बलेरो जलाए

काठमाण्डौ १०, माघ । आफ्ना गिरफ्तारमा परेका नेता कार्याकर्तालाई रिहाईको माग गर्दै शनिबार(आज) नेपाल बन्दको आवहन गरेको नेत्र विक्रम चन्द ‘विप्लव समूह’का कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाएका छन् । काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै मकवानपुर तर्फ अज्ञात समूहले पिकअपमा आगजनी गरेको मकवानपुरका एसपी सोेमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो ।

मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ । आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको छ । पार्टिका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिवार सो समूहले नेपाल बन्दको घोषणा गरेको छ । बाँस्तोलालाई महानगरीय पहरी परिसर ललितपुरमा राखिएको छ । उहाँ विप्लव समूहका तेस्रो बरियताका नेता हुन् ।फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology