काभ्रे १०, माघ । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा बुडोलमा फेला परेको प्रेसर कुकर बम सेनाले डिस्पोज गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भुपेन्द्र खत्रीका अनुसार बाटोमा अज्ञात समुहले राखिएको शंकास्पद वस्तु देखेपछि डिस्पोज गर्नको लागि नेपाल आर्मीको टोलीलाई बोलाइएको थियो।
अनुसन्धानको क्रममा शंकास्पद वस्तु प्रेसर कुकर बम रहेको पाइएपछि डिस्पोजल टोलीले त्यसलाई डिस्पोज गरेको उहाँले बताउनुभयो । शंकास्पद वस्तु देखेपछि बिहान ५ बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो। राजमार्गमा बम रहेको हल्लासँगै काभ्रे हुँदै पुर्व हिड्ने यात्रुहरु बनेपामै रोकिएका थिए।