Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एकैदिन कोरोना संक्रमणबाट १ हजार ८२० जनाको मृत्यु


2.9K
Shares

एकैदिन कोरोना संक्रमणबाट १ हजार ८२० जनाको मृत्यु

काठमाडौ ८ माघ । बेलायतमा एकै दिन एक हजार आठ सय २० जना कोभिड संक्रमितको मृत्यु भएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार बुधबार मात्रै बेलायतमा भाइरसका कारण यति धेरै नागरिकको ज्यान गएको हो ।

बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले कोरोना भाइरसको संक्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा ज्यान गएको यो पहिलोपटक भएको जनाएका छन् । उनीहरूको जानकारीअनुसार बुधबारसम्ममा यहाँ ९३ हजार दुई सय ९० जनाको कोरोना भाइरसबाट निधन भइसकेको छ । उनीहरूले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन् ।

बेलायतबाटै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका ६० भन्दा बढी देशमा पुगेको समाचारमा जनाइएको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार सो भाइरस यो सातामा मात्रै विश्वका १० वटा देशमा पुगेको हो ।

संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको जनाएको छ । यसैगरी बेलायतमा बुधबार पनि ३८ हजार नौ सय पाँचजनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  बेलायतमा कोभिड १९ का संक्रमितको संख्या पनि निकै बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology