Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्याक्टर दुर्घटनामा परि ३८ बर्षका पुरुषको मृत्यु


2.7K
Shares

ट्याक्टर दुर्घटनामा परि ३८ बर्षका पुरुषको मृत्यु

काठमाडौं ८ माघ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–७ मा ट्याक्टरमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कपिलवस्तुकै बुद्धभूमि नगरपालिका–१० का ३८ वर्षीय प्रल्हाद अहिर रहनु भएको छ ।

गम्भीर घाइते भएका उहाको उपचारको क्रममा जिल्ला अस्पताल तौलीहवामा मृत्यु भएको हो । घाइते भएकी २७ वर्षीया रिता अहिरको सोही अस्पतालमै उपचार भइरहेको छ ।

नम्बर नखुलेको ट्याक्टरमा लु २२ प २३५८ नम्बरको मोटरसाइकल ठोकिदा सो दुर्घटना भएको थियो ।

शंकास्पद लु ४ त ५०९६ नम्बरको ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology