Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जुवाखाल रकम प्रकरण : एसपी गुरुङमाथि प्रदेश प्रहरीले थाल्यो छानबिन


2.9K
Shares

गोरखा जुवाखाल रकम प्रकरण : एसपी गुरुङमाथि प्रदेश प्रहरीले थाल्यो छानबिन

गोरखा ६, माघ  । जुवाको खालका उठाएको पैसा आफ्नै खल्तीमा राखेको भन्ने समाचार प्रकाशन प्रशारण भएपनि जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङ माथि प्रदेश प्रहरी कार्यालयले छानविन थालेको छ । गएको तिहारका समयमा जिल्ला भित्र गएको तिहारका समयमा चाडवाडका बेला जुवातास बिरुद्ध आक्रमक रुपमा खोजतलास अभियान चलाएको गोरखा प्रहरीले सो क्रममा बरामद भएका १ लाख २० भन्दा बढी रुपैया एसपी गुरुङले राजस्वमा दाखिला नगरेको पाइएको थियो ।

सञ्चार माध्यममा समाचार प्रकाशन भएलगत्तै आबश्यक छानविन अघि बढाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डिआइजी धनश्याम अर्यालले जानकारी दिनुभयो । एसपी गुरुङले लामो समयसम्म जुवाको खालबाट बरामद भएको रकम राजस्वमा दाखिला नगर्नु शकास्ंपद र गलत नियत हुनसक्ने आंशका गरिएको छ ।

‘प्रदेश प्रहरीले आबश्यक छानविन गर्छ, डिआईजी अर्यालले भन्नुभयो, दोषी देखिए कारवाही हुन्छ ।’ एसपी गुुरुङले भने बरामद गरिएको केही रकम बिभिन्न सामाजिक संस्थाहरुमा खर्च भएको र बाँकी रकम केही सामाजिक संस्थाहरुलाई उपलब्ध गराउन राखिएको दावी गर्दै आउनु भएको छ । यसै बिच एसपी गुरुङले समाचार सार्वजनिक भएपछि सोमबार जुवाको खालबाट बरामद रकम राजस्वमा जम्मा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology