Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा पनि ३ जनामा भेटियो नयाँ प्रजातीको कोरोना भाइरस


1.6K
Shares

नेपालमा पनि ३ जनामा भेटियो नयाँ प्रजातीको कोरोना भाइरस

काठमाण्डौ ५, माघ । केही दिनअघि बेलायताबाट फर्किएका तीन जनामा नयाँ प्रजातिको नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज एक विज्ञप्ति जारी गर्दैै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका ६ जनामा कोरोना देखिएकोमा ३ जनामा नयाँ प्रजातिको भाइरस फेला परेको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको बताउनुभयो । हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी विज्ञप्तिमा उल्लेख छ । केही दिनअघि बेलायतबाट आएका छ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उहाँहरुलाई कोरोनाको नयाँ प्रजाति हो वा हैन पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङको प्रयोगशालामा नमूना पठाइएकामा तीन जनामा नयाँ कोरोनाको प्रजाति रहेको पुष्टि भएको हो ।

हङकङबाट आज नमूनाको रिपोर्ट आएकोमा बेलायतबाट फर्किएकामध्ये २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा देखिएको भाइरस यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जनाएको छ । नयाँ प्रजातिको कोरोना सङ्क्रमण देखिएकामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष सङ्क्रमणमुक्त भइसकेका र ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology