Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बैकिङ कसुर मुद्दामा गोरखाका एक पुरुष सहित ३ जना पक्राउ


3.4K
Shares

बैकिङ कसुर मुद्दामा गोरखाका एक पुरुष सहित ३ जना पक्राउ

काठमाण्डौ ५, माघ ।  प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बैकिङ कसुर मुद्दाका फरार ३ अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका घर भएकाा बिष्णु अम्गाई, चितवनको भरतपुरका रामबहादुर अधिकारी, र काठमाण्डौको चन्द्रागिरीका सुवास थापा रहेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान व्युरो (सिआईवी) बाट खटिएको प्रहरीको टोलीले झण्डै ३२ करोड ठगी अभियोग लागेका उनिहरुलाई पक्राउ गरेको हो । उच्च अदालत पाटनबाट कैद तथा जरिवाना फैसला गरि फरार हुदै आएका उनिहरुलाई लुकीछिपी हिडेको बेला पक्राउ गरिएको सिआईवीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

उनिहरुले आफ्नो खातामा पर्याप्त मौज्जाद रकम नभएको भन्ने थाहा हुदाहुदै पिडितलाई झुक्याएको पुष्टी भएको अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेका तिनै जनालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिम कसुरमा दफा १५ (१) बमोजिम कैद तथा जरिवाना तोकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology