बिराटनगर ५, माघ । मोरङको मोटरसाइकललाई बचाउन खोज्दा सोमबार दिउँसो यात्रुबहाक बस दुर्घटनामा परेको छ। जिल्लाको रतुवामाई नगरपालिका–३ स्थित चौकीघाटमा विराटनगरतर्फ जादै गरेको को १ ख ३२७२ नम्बरको बस पश्चिमबाट पूर्वतर्फ गइरहेको एउटा मोटरसाइकललाई जोगाउने हुँदा सडकबाट पल्टिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनमा परि वसमा सवार १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। दुर्घटनामा परेर बसमा यात्रा गरिरहेका रतुवामाई–३ का ३१ वर्षीय राजेश सिंह गम्भीर घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनापछि बसका चालक धनपालथान गाउँपालिका–५ का ५७ वर्षीय हरिनारायण रायलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।