Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका एसपी गुरुङले जुवा खालबाट उठाएको रकम आफ्नै खल्तीमा राखेपछि…


3.2K
Shares

गोरखाका एसपी गुरुङले जुवा खालबाट उठाएको रकम आफ्नै खल्तीमा राखेपछि…

गोरखा ५, माघ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र गुरुङले दसैं‌ तिहारको समयमा जुवाको खालबाट बरामद गरिएएको एक लाख रुपैयाँ बढी रकम आफैले राखेको खुलेको छ ।दस‌ै‌ तिहारको समयमा इलाका प्रहरी कार्यालय जौवारीले करिव ६९ हजार रुपैयाँ जुवाको खालबाट बरामद गरेको थियो । उक्त रकम इन्चार्ज प्रहरी निरीक्षक ईश्वर लौडारीले तिहारलगत्तै जिल्ला प्रहरी कार्यालय पठाउनु भएको थियो ।

त्यस्तै इलाका प्रहरी कार्यालय ठाटीपोखरीले बरामद गरेको करिब ५० हजार रुपैयाँ इन्चार्ज प्रहरी निरीक्षक सोमदास ढकालले पनि जिल्ला प्रहरी कार्यालय पठाउनु भएको थियो । तर दुवै ठाउँबाट बरामद भएको उक्त रकम हालसम्म राजश्वमा दाखिला भएको छैन ।

गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालका अनुसार जुवाको खालबाट बरामद रकम जतिसक्दो चाडो राजश्वमा दाखिला गर्नुपर्छ । ‘‘जुवाको खालमा बरामद गरिएको रकम तुरुन्त राजश्वमा दाखिला गर्नुपर्छ, जुवाडेलाई मुद्धा चलाउनुपर्छ, होइन भने प्रहरी अधिकारीको बदनियत देखिन्छ, त्यस्तो भएमा हामी कारवाही गर्छौं,’ उहाँले भन्नुभयो ।

दसैं तिहारको समयमा थुप्रै जुवाका खालमा प्रहरीले छापा मारेपनि असोज १ गतेदेखि मंसिर मसान्तसम्म जुवाका तीन वटा मात्र मुद्धा दर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।तर दसैं तिहारको समयमा इप्रका ठाँटीपोखरी र जौवारी मातहतको विभिन्न क्षेत्रबाट पक्राउ परेका जुवाडेहरु विरुद्ध मुद्धा दर्ता पनि नभएको र जुवाको खालबाट बरामद गरिएको रकम पनि हालसम्म राजश्वमा दाखिला नभएको स्रोत बताउँछ ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले पनि हालसम्म त्यो रकम राजश्वमा दाखिला नगरेको स्वीकार गरेका छन् । बरामद भएको दुई महिनासम्म पनि आफैंले राखेको उक्त रकम अब दाखिला गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology