Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

सडक ट्रयाक खोलिदिन धार्चे गाउँपालिका अध्यक्षद्धारा मन्त्रीलाई ज्ञापन पत्र


4.6K
Shares

सडक ट्रयाक खोलिदिन धार्चे गाउँपालिका अध्यक्षद्धारा मन्त्रीलाई ज्ञापन पत्र

गोरखा ४, माघ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा सडक ट्रयाक खोलिदिन माग गर्दै गाउँपालिकाले गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकासमन्त्री रामशरण बस्नेतलाई ज्ञापन पत्र बुझाएको छ । सडकका पहुच नपुगेका बस्तीहरु सडक ट्रयाक खोल्न माग गर्दै गाउँपालिकाको तर्फबाट ज्ञापन पत्र बुझाएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारुी दिनुभयो ।

अझै पनि धेरै बस्तीहरुमा सडकको ट्रयाक खोल्नुपर्ने छ, उहाँले भन्नुभयो, मन्त्री बस्नेत गाउँपालिका आएको मौकामा हामीले गाउँपालिका भित्रका सडकको अबस्थाको बारेमा जानकारी गराएर सडक नपुगेका ठाउँमा सडक निर्माण गरिदिन भनेका छौ ।

ज्ञापन पत्रमा आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकाको भिरकुना जोड्ने सडकको नयाँ ट्रयाक खोल्नुपर्ने, माछाखोलाको बिकास हाईड्रोदेखि लाप्राकको पुरानो गाउँसम्म सडक खोल्न आबश्यक पहल गरिदिन आग्रह गरेको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

सो अबसरमा गाउँपालिकाले सिङ्ला हुँदै थमन भिसी पार्कसम्म गोरेटो बाटो निर्माण गरिदिन पनि गाउँपालिकाले अनुरोध गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology