Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा अनुदान सम्झौता गरेका ५९ हजार ३ सय ९५ बुझे अन्तिम किस्ता


3.1K
Shares

गोरखामा अनुदान सम्झौता गरेका ५९ हजार ३ सय ९५ बुझे अन्तिम किस्ता

गोरखा ३, माघ ।  गोरखामा भुकम्प पछिको निजी अवास पुर्ननिर्माणको काम ८० प्रतिसत सम्पन्न भएको छ । सरकारले ३ किस्ता निजी अवास पुर्ननिर्माणका लागि अनुदान उपलब्ध गराउने गरि लाभग्राहीको सूचीमा नाम परेका मध्ये ५९ हजार ३ सय ९५ जनाले अन्तिम किस्ता बुझि सकेका राष्टीय पुर्ननिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा पूर्वाधार इकाई कार्यालय गोरखाका प्रमुख रामशरण आर्चायले जानकारी दिनुभयो ।

गोरखा जिल्लामा प्रवलीकरण परेका सहित कुल लाभग्राहीको सख्या ७२ हजार ८ सय ८२ रहेको उहाँले बताउनुभयो । लाभग्राहीमा परेका मध्ये ७० हजार ३६ जनाले मात्र जिल्लामा अनुदानका लागि सम्झौता गरेको प्रमुख आर्चायको भनाई छ ।

अनुदान सम्झौता गरेका मध्ये ६२ हजार ७ सय १७ जनाले दोस्रो किस्ताको रकम बुझेका छन् भने सम्झौता गरेका मध्ये पनि २ सय ७७ जनाले अनुदान रकम फिर्ता गरेको कार्यालयको तथ्याङमा उल्लेख छ । त्यस्तै जिल्ला भित्र प्रवलीकरणमा परेका १ हजार ४ सय ६० घरघुरीले पुननिर्माणका लागि स्विकृती पाएका प्रमुख आर्चायले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology