गोरखा ३, माघ । तेइससौं भुकम्प सुरक्षा दिवसको अबसरमा गोरखामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ गोरखाको अयाोजनामा भएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।
गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय पोखराको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाको आयोजना कार्यक्रम रक्तदान कार्यक्रम गरिएको हो । संकलित रगत भरतपुर रक्तसंञ्चार केन्द्रमा पठाइएको जनाइएको छ ।