Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पचास बर्षको उमेरमा बिहे गर्ने तयारी गर्दै मुख्यमन्त्री शेरधन राई


6.9K
Shares

पचास बर्षको उमेरमा बिहे गर्ने तयारी गर्दै मुख्यमन्त्री शेरधन राई

काठमाण्डौ २, माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिने हुनु भएको छ । यहीँ माघ ११ गते उहाँले विवाह गर्न लागेको लाग्नुभएको हो । ‘‘चाँडै नै विवाह हुँदैछ। तर अहिले प्रदेशको राजनीतिको विषयमा व्यस्त छु,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘विवाहको कार्यक्रम माघ ११ गते काठमाडौमा हुनेछ।’

विद्यार्थी राजनीतिबाट कम्युनिष्ट पार्टीमा स्थापित भएका राई अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्य हुनुहुन्छ ।
५० वर्षीय राईले विवाहको तयारी तथा बेहुलीको बारेमा थप खुलाउन चाहानु भएन । उहाँ संघीय सरकारमा सूचना तथा सञ्चार मन्त्री समेत भइसक्नु भएको छ ।

नेकपा विभाजन भएपछि प्रदेशको राजनीति तातिरहेका बेला राईले विवाह गर्न लाग्नु भएको हो । मूख्यमन्त्री राई बिरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुले प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन्। माघ ७ गतेबाट प्रदेश सभाको अधिवेशन सुरु हुँदैछ। सोहि अधिवेशनले सो प्रस्तावको टुंगो लगाउनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology