काठमाण्डौ २, माघ । अमेरिकाको संसद भवनमा आक्रमण गर्नेमध्ये एक जनालाई पक्राउ गरिएको छ । ६ जनवरीका दिन अमेरिकी संसद भवनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गरेको घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको हो ।
संसदमा रहेको सिसिटीको सहयोगमा अमेरिकी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको बीबीसीले लेखेको छ । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ती व्यक्तिलाई हिजो डेलावेयरबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेको नाम केविन सीफ्राइड बताइएको छ । उनलाई आज अदालतमा पेश गरिने पनि बताइएको छ । राष्ट्रपति निर्वाचनमा ट्रम्प पराजित भएपछि उहाँका समर्थकहरुले संसद भवनमा प्रवेश गरेर प्रदर्शन गर्दा एक जना महिलाको मृत्यु समेत भएको थियो ।