Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

दुई मोटरसाईकल ठोक्किएर दुर्घटना, २ जनाको मृत्यु, २ घाइते


1.3K
Shares

दुई मोटरसाईकल ठोक्किएर दुर्घटना, २ जनाको मृत्यु, २ घाइते

कञ्चनपुर २ माघ । कञ्चनपुरमा मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ आम्खैयामा गएराति दुई मोटर साइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परि दुई जना घाइते भएका छन् ।

दुर्घटनामा परी से ६ प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुप. प्र। ०१।००।७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहरा गम्भीर घाइते हुनुभएको थियो ।

उहाँहरु दुवैजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । उपचारका लागि जोशीलाई धनगढीस्थित निशंर्ग अस्पताल र बोहरालाई सेती प्रादेशिक अस्पतालमा लगिएको थियो ।

दुर्घटनामा परी कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन् । उहाँहरुको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology