Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

अमेरिका रहेकी गुरुङद्धारा मानवसेवा आश्रम गोरखालाई खाद्यान्न सहयोग


3.1K
Shares

अमेरिका रहेकी गुरुङद्धारा मानवसेवा आश्रम गोरखालाई खाद्यान्न सहयोग

गोरखा १, माघ । अमेरिकामा रोगजारीमा रहनु भएकी गोरर्खाली एक महिला डाक्टरले मानव सेवा आश्रम गोरखालाई खाद्यान्न सहयोग उपलब्ध गराउनु भएको छ । गोरखा जिल्ला सिरानचोक गाउँपालिका १ घर भई हाल अमेरिकामा चिकित्सक पेशामा संलग्न रामलक्ष्मी गुरुङले ६० हजार मुल्य बरावरको खाद्यान्न सामाग्री उपलब्ध गराउनु भएको मावनसेवा आश्रम गोरखाले जनाएको छ ।

आश्रममा आज एक कार्यक्रम गरी ६० हजार मुल्य बरावरको खाद्यान्न हस्तान्तरण गरिएको गोबिन्द गुरुङले जानकारी दिनुभयो । नाताले फुपु पर्ने उहाँले आश्रमलाई सहयोग गर्न चाहे पछि आश्रमको आग्रहमा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको गुरुङले बताउनुभयो ।
सहयोग उपलब्ध गराईएको खाद्यान्नमा १० बोरा चामल तथा आलु, चिउरा र नुन १÷१ बोरा रहेको आश्रमले जनाएको छ । साथै खाने तेल २ प्याक, चिनी, साबुन, श्रफ, चाउचाउ, बिस्कुट, दालमोठ र स्याम्पु समेत रहेको छ ।

केही दिन यता आश्रमलाई दैनिक उपभोग्य सामाग्रीको अभाव भएको जानकारी पाए पछि सोही अनुसारको सामाग्री उपलब्ध गराईएको गुरुङको भनाई छ । सहयोग सामाग्रीमा तरकारी समेत रहेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति भगवानबावु मास्के, रिता गुरुङ र बलबहादुर गुरुङको समेत उपस्थिती रहेको आश्रमले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology