Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको धार्चेमा ५ बेड क्षमताको आधारभूत अस्पताल भवनको शिलन्यास


2.8K
Shares

गोरखाको धार्चेमा ५ बेड क्षमताको आधारभूत अस्पताल भवनको शिलन्यास

गोरखा १, माघ । गोरखाको धार्चे गाउँपालिकामा आधारभूत अस्पतालको शिलन्यास गरिएको छ । संघिय सरकारको कार्यक्रम अन्र्तगत गाउँपालिकाले वडा नम्बर ५ स्थित माछाखोलामा अस्पताल निर्माणका लागि भवन शिलन्यास गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि चालु आर्थिक बर्षका लागि ७० लाख रुपैया बजेट प्राप्त भएको उहाँले बताउनुभयो । ‘अस्पताल भवन शिलन्यास भयो अब निर्माणको काम तिव्र गतिमा अघि बढ्छ, उहाँले भन्नुभयो, ‘निर्धारित समयमा काम सम्पन्न गर्ने योजनामा गाउँपालिका रहेको छ ।’ भवनको गाउँपालिका अध्यक्ष गुरुङले आज एक कार्यक्रमका बिच शिलन्यास गर्नुभएको हो ।

माछाखोलमा रहेको हेल्थपोष्टलाई स्तरोन्नती गरेर ५ बेड क्षमताको आधारभूत अस्पताल निर्माण गर्न लागिएको उहाँको भनाई छ । भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयबाट रकम प्राप्त भएको उहाँको भनाई । संघिय सरकारले पठाएको स्टमेटका आधारमा भवन निर्माण हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology