काठमाण्डौ १ माघ । काठमाडौं भद्रकालीमा आज बिहानै मिनिबस अनियन्त्रित भई दुर्घटनाग्रसत भएको छ । दुर्घबटनमा परि ४ जना यात्रु घाइते भएका छन्। बसपार्कबाट चन्द्रगिरी जाँदै गरेको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटना भएको सिंहदरबार प्रहरीले वृतले जनाएको छ।
घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइतेमध्ये तीन जनाको अवस्था सामान्य रहेको छ भने बस चालक नुवाकोट घर भएका २४ वर्षीय अर्जुन तामाङको दाहिने हातखुट्टा नचलेको र अहिलेसम्म अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा २८ वर्षीया विमला वुढा, उनकी छोरी ६ वर्षीया रितु वुढा र २ वर्षीया रेजिना वुढा रहेका छन्।