Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाल प्रहरीका ११ जना एसएसपीमा बढुवाका लागि सिफारिस


2.3K
Shares

नेपाल प्रहरीका ११ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाण्डौ १, माघ । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक एसपीको प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । हिजो दिउँसो बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

उहाँहरूमध्ये शाह, पञ्जियार र पाण्डेय एआईजी विश्वराज पोखरेलका ब्याची हुन् । बढुवा सिफारिसमा परेका अन्य अधिकृतहरु पनि यसअघिका बढुवामा छुटेका एसपीहरु हुन् । गृहको सिफारिसमाथि मन्त्रिपरिषदले एक सातापछि निर्णय गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology