Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ढाड दुखेको निको पार्ने भन्दै झाक्रीले तातो पन्युले हिर्काउदा मृत्यु


3.8K
Shares

ढाड दुखेको निको पार्ने भन्दै झाक्रीले तातो पन्युले हिर्काउदा मृत्यु

गुल्मी २९, पुस । गुल्मीमा झारफुकको क्रममा झाँक्रीले हानेको पन्युको चोटले एकजनाको मृत्यु भएको । रेसुङ्गा नगरपालिका – १ का ३८ बर्षिया राम प्रसाद श्रेष्ठले तातो पन्युले हान्दा जिल्लाको इस्मा गाउँपालिका – ३ दर्लामचौरका ६३ बर्षिया राम बहादुर मुखियाको ज्यान गएको प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

ढाड दुखेको निको पार्न भन्दै राम बहादुर झारफुक गर्न दुई छोराहरुको साथमा तम्घास स्थित धामिकै घरमा आएका थिए । चारदिनसम्म पनि रामबहादुरलाई खान नदिई तातो फलामे डन्डी, स्टिलको झाँझर तताएर तथा प्लास्टिक पाइपले हानेको मृतकका छोरा हुम बहादुरले बताउनुभयो । बुधबारबाट मुखिया अचेत भएपछि धामि स्वयम् श्रेष्ठले आफ्नो घरमा केही अपरिचित व्यक्ति आई हल्ला मच्चाएको भनि प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उनको उजुरीपछि प्रहरी निरिक्षक सन्तोष चन्दको नेतृत्वमा उनकै घर पुगेको प्रहरीको समुहले धामिले हानेर मुखियाको मृत्यु भएको रहस्य पत्ता लगाएको हो । मृतक रामबहादुरको शरीरका सबैजसो भागमा निलडाम रहेको छ । आफुलाई धामि दावी गर्ने श्रेष्ठले रेसुङ्गा नगरपालिका ५ भुवनपानीकी ४० बर्षिय टोपला दमाईलाई पनि गएको २४ पुसमा आफ्नै घरमा बोलाई तातो पन्युले हानेर घाइते बनाएका छन् ।

अहिले घाइतेको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ भने शवको पोष्ट मार्टमको लागि अस्पतालमा राखिएको छ । घटनामा संलग्न ३८ बर्षिया रामप्रसाद र उनकी श्रीमती ३६ बर्षिय शान्तिला श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिदुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology