रामेछाप २९, पुस । रामेछापकोे उमाकुण्ड गाउँपालिका वडा नम्बर १ गुम्देलका २८ वर्षका सुत्केरी सुमित्रा विकको हेलिकप्टरमार्फत् उद्दार गरिएको छ । विकलाई अत्याधिक रक्तश्राप भएपछि हेलिकप्टरमार्फत् निःशुल्क उद्दार गरेर थप उपचारका लागि काठमाडौं पठाइएको हो ।
सोमवार राती सुत्केरी हुनुभएकी विकको धेरै रक्तश्राव भएको र गाउँमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले जानकारी दिनुभयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी विकको निःशुल्क हेलिकप्टरमार्फत् उद्दार गरिएको हो । यसअघि पनि उमाकुण्ड गाउँपालिका २ बाम्ती निवासी मेनुका कार्कीलाई हेलिकप्टरबाट उद्दार गरिएको थियो ।