Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

छात्रालाई यौन दुव्र्यहारको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ


1.3K
Shares

छात्रालाई यौन दुव्र्यहारको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

काठमाण्डौ २८, पुस । छात्रालाई यौन दुव्र्यहारको आरोपमा प्रहरी काठमाण्डौ स्थित आरआर क्याम्पसका प्राध्यापकलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर, काठमाडौंले प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई सोमबार पक्राउ गरेको हो।

प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक  अशोक सिंहका अनुसार उनले विद्यार्थीलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत् अश्लिल शब्द प्रयोग गरेका थिए।दुर्व्यवहार गरेपछि विद्यार्थीले दुई दिनअघि परिसरमा उजुरी दिएका थिए।

उजुरी आएपछि उनलाई क्याम्पस बाहिरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीमाथि अभद्र व्यवहारको मुद्दामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology