Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पृथ्वीनारायण शाहले हामीलाई नेपाली नाम, पहिचान, देश दिएर जानु भएको छ :अध्यक्ष थापा


4.5K
Shares

पृथ्वीनारायण शाहले हामीलाई नेपाली नाम, पहिचान, देश दिएर जानु भएको छ :अध्यक्ष थापा

गोरखा २७, पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदानलाई कुनै राज्य व्यवस्था र राजनीतिसंग मात्र जोडेर हेर्न नहुने बताउनु भएको छ । २९९ औं पृथ्वीजयन्तीको अबसरमा राप्रपा गोरखाले आज गोरखा दरबार परिषरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले शाहले योगदान राजनीति र राज्य व्यवस्था भन्दा धेरै माथि रहेको बताउनुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष थापाले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सरकारसंग आग्रह समेत गर्नुभयो । उहाँले राष्ट्र निर्माताकोलाई अन्तराष्ट्रिय प्रचलन जस्तै नेपाली नोटमा अङकित गर्ने निर्णय गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले पृथ्वी नारायण शाहले सेनाको भरमा मात्र नभई जनताको सल्लाह र सुझावमा नेपाल एकिकरण गरेको भन्दै त्यसबाट जनताको चाहाना र भावनाको सम्मान गर्ने परम्पराको थालनी भएको बताउनुभयो । ‘बिसे नगर्चीको सल्लाहलाई पृथ्वीनारायण शाहले आत्मासाथ गर्नुभयो, अध्यक्ष थापाले भन्नुभयो, ‘सवैलाई धर्महरुको पनि संरक्षण र सम्र्बद्धन गर्ने कार्यको थालनी उहाँले गर्नुभयो ।’ पृथ्वीनारायण शाहले हामीलाई नेपाली नाम, पहिचान, देश, राज्य व्यवस्था दिएर जानु भएको छ, उहाँले भन्नुभयो, पृथ्वीनारायण शाहको योगदानलाई कुनै एउटा संस्थासंग मात्र जोडेर हेर्न हुदैन, उहाँको योगदान राजनीति, राजनीति व्यवस्था भन्दा धेरै माथि रहेको छ ।’

अध्यक्ष थापाले देशमा जुनसुकै राजनीति मान्यत तथा व्यवस्था भएपनि राष्ट्र निर्मातालाई सम्मान गर्ने, आदार गर्ने काममा कसैबाट पनि सङ्कोच र सङकिणता कायम गन नहुनेमा जोडदिनुभयो । समय काल र परिस्थिती अनुसार राजनीतिक व्यवस्था फेरिने भएपनि उहाँले नेपाल सदैव अटल रहने बताउनुभयो । ‘नेपाल निर्माण गर्ने पृथ्वीनारायण शाहको योगदान कहिल्यै समाप्त हुदैन, उहाँले भन्नुभयो, ०६२÷०६३ को जनआन्दोलनबाट जुनबाटो बाट देशलाई हिडाउने प्रयास गरियो, त्यस क्रममा नेपालको गौरवशाली इतिहासलाई अबमूल्यन गर्ने काम गरियो ।’ अध्यक्ष थापाले अहिले बिस्तारै इतिहासलाई कालो पोत्ने मनस्थितीमा परिवर्तन हुदै गइरहेको बताउनुभयो ।

अध्यक्ष थापाले पृथ्वी नारायण शाहले नेपाली जनताको साथ लिएर एकिकरण गरेको लिपुलेक र लिम्पियाधुरा समेट्ने चुच्चे नक्सा संबिधानको अंग बनाएर बर्तमान सरकारले साहासिक काम गरेको बताउनुभयो । ‘बर्तमान सरकारको यो काम अत्यन्त प्रंससनिय छ, उहाँले भन्नुभयो, राष्ट्र निर्माता र उहाँका बंशजले एकिकरण गरेको नेपाली भुभाग जहाँ बिदेशी सैनिक बसी राखेको छ, त्यो भुभाग नेपालको भूभाग हो,त्यो भूभागबाट बिदेशी सेना हट्नु पर्छ भन्ने हाम्रो मान्यत रहेको छ ।’ सो अबसरमा अध्यक्ष थापाले गोरखा दरबार परिष्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology