Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

टोखामा श्रीमान श्रीमती नै मृतावस्थामा फेला


3.3K
Shares

टोखामा श्रीमान श्रीमती नै मृतावस्थामा फेला

काठमाण्डौ २५, पुस ।काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा दम्पती मृत फेला परेका छन् । शुक्रवार पौने ९ बजे दम्पती मृत अवस्थामा फेला परेका हुन् ।ग्रिन भिलामा बस्ने ३३ वर्षीया सुदिक्षा गिरी र उमेश केसी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिनुभयो ।

कोठाभित्र मृत अवस्थामा पल्टिरहेको अवस्थामा उमेशको शव प्रहरीले बरामद गरेको छ । पत्नी सुदिक्षाचाहिँ झुण्डिएको अवस्थामा फेला परेकी छिन् । उमेश र सुदिक्षा इन्जिनिर भएको बताइएको छ ।

घटनास्थलमा रगत लागेका अवस्थामा सिलौटो फेला परेको छ । सुदिक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेर आफु झुण्डिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको र घटनाबारे विस्तृत अनुसन्धान भईरहेको डिएसपी विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology