काठमाण्डौ २५, पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतलाई संविधानले, संविधान संशोधन गर्ने अधिकार नदिएको बताउनुभएको छ ।
राष्ट्रियसभाको हिजोको बैठकको विशेष समयमा नेता श्रेष्ठले सर्वोच्चले संविधानको आधारमा मात्रै प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको फैसल गर्न पाउने बताउनुभयो ।
शक्ति पृथकीकरकणको सिद्धान्तअन्तर्गत संविधानले निश्चित जिम्मेवारी संवैधानिक अंगलाई दिएको र संवैधानिक अंगको स्वच्छ तथा स्वतन्त्र भूमिका, काम र कारबाहीप्रति हामी विश्वस्त रहेको पनि उहाँले बताउनुभयो ।