Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

टिपरको ठक्करबाट युवतीको मृत्य


3K
Shares

टिपरको ठक्करबाट युवतीको मृत्य

सुर्खेत २४, पुस । सुर्खेतको भेरीगंगा नगरपालिका– १ को छिन्चुमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले छिन्चुतर्फ जाँदै गरेको भे।७प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजना युवतीको मृत्यु भएको हो ।

वीरेन्द्रनगर– ११ का २३ वर्षीया ताराकुमारी आलेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको र मोटरसाइकल चालक कालिकोट शुभकालिका गाउँपालिका २६ वर्षीय दुर्गा शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology