गोरखा, २३ पुष । गोरखाको भिमसेन थापा गाउँपालीका–७ बोर्लाङ्गमा बिद्युत सर्ट भएर आगलागी भएको छ । बोर्लाङ्ग व्यापार संघका कार्य समिति सदस्य प्रदिप श्रेष्ठको घरमा बिहिबार बिहान ९:३५ बजे बिद्युत सर्ट भएर आगलागी भएको व्यापार संघका अध्यक्ष विपिन श्रेष्ठले जानकारी दिनुभयो ।
आगोलागी हुँदा घरको कोठामा रहेको नगद पैसा सहित ,लत्ताकपडा , बक्सपलङ, पेन्सन पट्टा, बैंक चेक, मोबाइल, र अन्य विभिन्न कागजातहरु जलेर नष्ट भएको बताउनुभयो । झ्यालका सिसाहरु समेत टुट्फुट हुनुका साथै घरका भित्ताहरु पनि जलेर क्षती पुगेको श्रेष्ठले जानकारी दिनुभयो । स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।
उहाँका अनुसार आगलागीबाट करिब ४ लाख बराबरको धनजनको क्षती भएको छ । कुनै मानविय क्षती भने नभएको बताइएको छ ।