Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काठमाण्डौको बायुमण्डल बिश्वका ५० प्रदुषित शहरमध्ये पहिलो नम्बर


6.2K
Shares

काठमाण्डौको बायुमण्डल बिश्वका ५० प्रदुषित शहरमध्ये पहिलो नम्बर

काठमाण्डौ २१, पुस । काठमाडौंमा उपत्यकामा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स एक्यूआई ४ सय ३७ पुगेको छ । विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो ।

दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान रहेका छन् । प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा समेत असर परेको छ । मौसम धुम्मिएका कारण पनि प्रदूषणको मात्रा बढ्न गएको वातावरणविद्हरुले बताएका छन् । उपत्यकाको वायु प्रदूषण खतराको तह माथी पुगेसंगै सरकारले आवश्यक नपरी बाहिरन ननिस्कन आग्रह गरेको छ ।

केहीदिन अघि नेपालको पश्चिमी भू भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले हिजो बिहान पहिलो हिउँदे वर्षा भएको थियो । हुस्सु लागेजस्तो काठमाडौं धुम्म भएको छ । तर दुई दिनसम्म घाम नलागे पनि काठमाडौं न्यूनतम तापक्रम भने घटेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology