Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको एक सहकारीबाट ५ लाख रुपैया भन्दा बढी रकम चोरी


4K
Shares

गोरखाको एक सहकारीबाट ५ लाख रुपैया भन्दा बढी रकम चोरी

गोरखा २१, पुस ।  गोरखाको एक सहकारीबाट गएराती ५ लाख रुपैया भन्दा बढी चोरी भएको छ । जिल्लाको पालुङ्टार नगरपालिका–९ बिर्दी बजारमा रहेको मिरकोट बचत तथा ऋणसहकारी संस्थाबाट रातीको समयमा कार्यालयको दराज भित्र राखिएको ५ लाख १८ हजार २ सय १० रुपैया चोरी भएको सहकारीले जनाएको छ ।

‘दुईदिनसम्म जम्मा गरेको पैसा कार्यालयको दराजमा सुरक्षित राखिएको थियो, सहकारीका अध्यक्ष खिलाबहादुर अधिकारीले भन्नुभयो, ‘आज बिहान कार्यालय पुगेर हेर्दा दराज फुटाएर पैसा चोरी भएको पाइयो ।’

उहाँले पैसा चोरी भएको बारेमा प्रहरीलाई जानकारी गराईसकेको बताउनुभयो । सहकारीका सदस्यहरुलाई ऋण उपलब्ध गराउनका लागि राखिएको पैसा चोरी भएको जानकारी दिनुभयो । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology