काठमाण्डौ, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड) लाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । स्वास्थ्य समस्या थप जटिल बन्दै गएपछि सीतालाई उपचारका लागि भारत लैजान लागिएको हो । उहाँको मुम्बईमा उपचार गराउन प्रचण्ड आफै भारत जान लाग्नु भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्ड बिहान ११ बजे सीतालाई लिएर मुम्बई प्रस्थान गर्नुहुनेछ । तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी सीतालाई थप उपचारका लागि मुम्बई लैजान लागेको हो ।सीताको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो । पछिल्लो समय सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि मुम्बई जान लागेका हुन् ।