Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रातो खुर्सानी खाने मानिसको आयु लामो हुने


4.3K
Shares

रातो खुर्सानी खाने मानिसको आयु लामो हुने

काठमाण्डौ १९, पुस । स्वस्थ्य रहनका लागि र आफ्नो दीर्घायुका लागि मानिसले हरेक उपाय अपनाइरहेका हुन्छन् । लामो आयुका लागि रातो खुसार्नीको प्रयोग गर्नु पर्ने तथ्य फेला परेको छ ।खुर्सानी खानाले आयु लामो हुने कुरा तपाई पत्याउनु हुन्छ कि हुन्न तर एक अनुसन्धानबाट भने रातो खुसानी खाने मानिसको आयु लामो हुने तथ्य फेला परेको छ ।

अमेरिकाको लर्नर कलेज अफ मेडिसिनमा युनिभर्सीटी अफ भर्मन्टका शोधकर्ताहरुले रातो खुर्सानी खाने मानिसको आयु सामान्यभन्दा १३ प्रतिशत लामो हुने निष्कर्ष निकालेका छन् ।शोधकर्ताका अनुसार रातो खुर्सानी सेवन गर्ने मानिसको शरीर कोलेस्ट्रोलको मात्रा कम हुने गर्दछ भने यसले हृदयघात हुनबाट जोगाउँछ । उनीहरुले राष्ट्रिय स्वास्थ्य तथा पोषण विभागको सहकार्यमा करीब १६ हजार अमेरिकनहरु माझमा २६ वर्ष लगाएर परीक्षण गरेका थिए ।

परीक्षणबाट ४ हजार ९ सय ४६ जना चाडैं उमेरभन्दा चाडै बित्ते भने ११ हजार मानिसहरु ९जसले नियमित खोर्सानी खाँदै आइरहेका थिए बाँचिरहेका छन् ।अनुसन्धानमा संलग्न मेडिकल विद्यार्थी मुस्ताफा चोपान र मेडिसिनका प्राध्यापक बेन्जामिन लिट्टेनबर्गले लिएको डाटा संकलनबाट यस्तो तथ्य आएको हो ।उनीहरुका अनुसार रातो खुर्सानी खानेमा युवा उमेरका व्यक्ति, पुरुष, मेक्सिकन अमेरिकन नागरिकहरु रहने गरेका छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology