Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १८ सय नाध्यो


1.2K
Shares

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १८ सय नाध्यो

काठमाण्डौ, १८ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । ५ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ५ हजार ७११ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७५० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५३ हजार ८५७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १८ सय ७० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology