काठमाण्डौ १४, पुस । गृह मन्त्रालयले सोमबार नेपाल प्रहरीका ९ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको गर्यो । बढुवा भएका डिआइजीमध्ये मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख देवबहादुर बोहराले पनि हुनुहुथ्यो । बढुवा भएको खुशी बाढ्न उहाँले मिठाइ किन्नुभयो । कमलपोखरीस्थित आगन स्विट्सबाट मिठाइ किनेर घर लैजानु भयो र परिवारलाई र आफन्तलाई बाढ्नुभयो ।
तर घर लगेर प्याकेट खोल्दा लड्डुमा लामो नङ भेटिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डिएसपी प्रमेश विष्टले जानकारी दिनुभयो । नङ भेटिएपछि डिआइजी बोहराले आँगनबाट किनिएको मिठाइमा अखाद्य वस्तु भेटिएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई खबर गर्नुभयो ।
त्यसपछि महानगरीय प्रहरी वृत्त, कमलपोखरीबाट डिएसपी सहितको टोली आँगन मिठाइ पसलमा पुगेको थियो।यससम्बन्धी खाद्य प्रविधि तथा गुण नियनत्रण विभागले अनुसन्धान गरिरहेको डिएसपी विष्टले बताउनुभयो ।विभागका खाद्य निरीक्षक सन्तोष ढकालका अनुसार डिआइजी बोहराले लड्डुमा भएको नङलाई नरिवाल ठानेका थिए।
ुअरू मिठाइमा केही भेटिएको थिएन। लड्डुको बाहिर हेर्दा केही देखिएको थिएन। खाँदै गर्दाभित्र भने चपाउन उहाँलाई गाह्रो भयो। नरिवल होला भनेर अलि धेरैबेर चपाउनु भयो पछि हेर्दाखेरी नङ रहेछ,उहाँले भन्नुभयो, ‘त्यो नङ हाम्रोमा ल्याउनुभयो।
त्यसरी नङ भेटिएको भनिएपछि अनुसन्धान अघि बढाएको उहाँको भनाई छ । हामीले विक्री गर्नेहरूलाई पनि सोध्यौं,ुखाद्य निरीक्षक ढकालले भन्नुभयो ।’ हामीले थप अनुसन्धान गरिरहेका छौं। सरसफाइको तरिका सबै निरीक्षण गरिरहेका छौं।अहिले प्रहरी सहितको टोली गोठाटारस्थित आँगनले उत्पादन गर्ने ठाउँको निरीक्षण गर्न गइरहेको उहाँले जानकारी दिनुभयो ।